अहिलेका लागि ट्रम्पको अतिरिक्त शुल्कबाट बच्यो क्यानडा

ओट्टावा । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि अमेरिका र क्यानडाबिच व्यापार युद्ध छेडिने लगभग पक्का जस्तै थियो । तर अहिलेको लागि यो सम्भावना टरेको छ ।
शपथ ग्रहणपछि ट्रम्पले क्यानडामाथि अतिरिक्त कर थोपर्ने निर्णय गरेका छैनन् । तर क्यानडा र मेक्सिकोमाथिको अतिरिक्त महसुल फेब्रुअरी १ देखि लाग्न सक्ने भन्दै उनले सङ्घीय अधिकारीहरूलाई अमेरिकासँग अनुचित व्यापार अभ्यास गरिरहेका देशहरूसँगको सम्बन्धको समीक्षा गर्न भनेका छन् । यो सूचिमा क्यानडा र मेक्सिको पनि छन् ।
ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा ६० प्रतिशत कर लगाउने भनेका थिए । विश्वभरबाट आयातित सामानमा पनि १० प्रतिशतको कर लगाउने कसम उनले खाएका थिए ।
आफ्ना देशका नागरिकलाई धनी बनाउन अब देखि बाहिरका देशलाई अतिरिक्त महसुल र कर लगाउने शपथ ग्रहणपछिको भाषणमा ट्रम्पले भनेका थिए । बाह्य व्यापारमा क्यानडा अमेरिकासँग निर्भर छ । उसले बाहिर पठाउने सामानको करिब ७५ प्रतिशत सामान अमेरिका जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त