जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
मङ्गलबार, ०८ माघ २०८१, ०९ : १३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको सङ्गठन निर्माण अभियानलगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।
पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू-१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो
-
महोत्तरीमा जताततै डढेलो
-
पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री
-
बागलुङमा ताराखोलाका वडाध्यक्ष मृत फेला
-
नेपाल विद्वान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली
-
मन्दिर परिसरमा शव फेला