एमाले सचिवालय बैठक आज
मङ्गलबार, ०८ माघ २०८१, ०७ : ५३
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू
-
रित्तो गाग्री लिएर सिंहदरबार जाने हर्क राईको घोषणापछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
-
खैरो हिरोइनसहित १ जना पक्राउ
-
१४ महिनापछि मैदानमा फर्कँदै तीव्र गतिका बलर मोहम्मद सामी
-
बिक्न छाडे ठेका र मदानी