लुम्बिनीमा बल्ल बिजुली बस

लुम्बिनी । लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु भएको बिजुली बस सञ्चालनलाई निरन्तरता दिने कोषले जनाएको छ ।
बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदह र रामग्रामबाट सञ्चालन गरिने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए । देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
कोषाध्यक्ष भट्टराईका अनुसार साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको हो । उनले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गरिँदै आइएको जानकारी दिए ।
धार्मिक क्षेत्रका स्थानीय पालिका, सामुदायिक सङ्गठन र सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी कोषको समयसापेक्ष नीतिसहित स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहार ल्याउने उनले प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुई बस धम्मयात्रा लेखेर परीक्षणस्वरुप सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन