प्रिमियर लिगमा चेल्सी लयमा फर्कियो
मङ्गलबार, ०८ माघ २०८१, ०४ : २५

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी लयमा फर्किएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वुल्भ्सलाई ३-१ गोल अन्तरले हरायो । पछिल्लो समय चेल्सीलाई बराबरी र हारले अंक तालिकामा खुम्च्याएको थियो ।
चेल्सीलाई जिताउन टोसिन अदाराबियोयो, मार्क, नोनी मडुकेले एक-एक गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । यो जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ४० अंक भएको छ ।
शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ५० अंक पुग्दा दोस्रो स्थानको आर्सनलको २२ खेलबाट ४४ अंक छ । समान खेलबाट नटिङघमको ४४ अंंक भए पनि गोल अन्तरले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार