चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा

एजेन्सी । चीनले आइतवार तीनवटा इग्निशन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले जनाएको छ । सामान्य भाषामा इग्निशन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो ।
अन्तरिक्षमा इग्निशन परीक्षण भनेको रकेट इन्जिन अन्तरिक्ष अवस्थामा सजिलैसँग सुरु र सञ्चालन गर्न सकिन्छ कि भनेर जाँच गर्न प्रयोग गरिने प्रक्रिया हो ।
मुलुकले एकै दिन तीनवटा इग्निसन परीक्षण गरेको यो पहिलो पटक हो । उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको बाओलोङयु क्षेत्रमा रहेको एकेडेमी अफ एयरोस्पेस प्रोपल्सन टेक्नोलोजी सीएएससीको सहायक कम्पनीले परीक्षणहरू गरेको हो ।
परीक्षणहरूमा दुई १२०–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन र एउटा १८–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन समावेश थियो । संस्थानले देशको परीक्षण र प्रमाणिकरण क्षमताहरूमा ठूलो प्रगति भएको बताएको छ, जसले भविष्यमा थप प्रक्षेपण मिशनहरूको लागि बलियो समर्थन प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक
-
साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?
-
सरकारी लगानी डुबेकाले व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको हो : अर्थमन्त्री
-
रवि लामिछाने पार्टी कार्यालय पुग्दा जे देखियो, तस्बिरहरू
-
रास्वपा बैठक सुरु, राजनीतिमा रविको ‘कमब्याक’
-
आफ्नै आदर्श जोकोभिचलाई हराउँदै ऐतिहासिक उपाधि चुमे ज्याकब मेनसिकले