नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
सोमबार, ०७ माघ २०८१, २२ : ०९
_pPFrxVOo2S.jpg)
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा प्रहरीले काभ्रे उच्च माध्यमिक विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर–५ घर भएका ४८ वर्षीय विकास श्रेष्ठ छन् ।
उनी २०५३ सालदेखि शिक्षण पेशामा थिए । श्रेष्ठले स्नातक र स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली बनाएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
सुरुमा प्राथमिक तहमा अध्यापनरत श्रेष्ठले २०७० सालमा फर्जि कागजात बनाएको प्रहरीसँग स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित