वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि....
काठमाडौँ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले आफूविरुद्ध फेसबुकमा लेखेको भन्दै एक वडाध्यक्षलाई पत्र काटेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुयाललाई महर्जनले फोहोर उठाउनेसम्बन्धी विषयमा फेसबुकमा लेखेको भन्दै तीन दिनको म्याद दिएर पत्र काटेका हुन् ।
फुयालले पुस २९ मा ‘तारकेश्वर नगरपालिकामा वार्षिक रूपमा जनताले फोहोर मैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन् थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप’ भनेर लेखेका थिए ।
यसप्रति आपत्ति जनाउँदै महर्जनले माघ २ गतेको मितिमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सार्वजनिक शिष्टाचार उलंघन गरेको भन्दै पोस्टसँग सम्बन्धित विषयमा यथार्थ विवरण ३ दिनभित्र कार्यालयमा पेस गर्न भन्दै स्पष्टीकरण पत्र काटेका हुन् ।
उक्त पत्रपछि सोमबार वडाध्यक्ष फुयालले लिखित जवाफ पठाएका छन् । तर उनले आफ्नो वडा क्षेत्र तथा नगर कार्यसमिति सदस्यको हैसियतले वडा र समग्र नगरपालिका क्षेत्रभित्र र सोबाट पनि समाधान नभएमा आम नागरिकलाई यथार्थ जानकारी गराउनु आफ्नो दायित्व भएको स्पष्ट पारेका छन् ।
उनले नगरपालिकाभित्र फोहोरको विषय गम्भीरुपमा रहेको उल्लेख गर्दै फोहोर उठाउने सवालमा वैधानिक बाटोको बारेमा प्रश्न रहेको पनि उल्लेख गरेका छन् । उनले आम नागरिकले उठाउने सुशासन र पारदर्शिताको विषयमा बोल्न र लेख्न नगरपालिकाको अनुमति लिनुपर्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले विकृति, विसंगति अन्त्य गरी पारदर्शिता तथा सुशासन कायमका लागि तुरुन्त पहलका लागि नगरमा फोहोर संकलन गर्न प्रतिस्पर्धाको आधारमा प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् ।
स्पष्टीकरण सोध्ने र बुझाउने दुबै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । तर, एकै पार्टीका भएपनि फुयालले महर्जनको कार्यशैलीमाथि विगतमा पनि प्रश्न उठाउने गरेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।
मेयर कांग्रेस नेता भिमसेनदास प्रधान निकट हुन् भने अध्यक्ष फुयाल काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ निकट मानिन्छन् । सोही कारणले पनि गुटगत टकराव देखिएको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा