वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
सोमबार, ०७ माघ २०८१, २१ : २६
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताएका छन् । आज मध्यनेपाल नगरपालिका–१ जीतास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानी, बिजुलीदेखि विविध क्षेत्रको सुधार गर्दै देश समृद्धितर्फ अघि बढिरहेको बताए ।
जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उनको भनाइ थियो । सरकारको पहिलो प्राथमिकता जनताको सेवा, आर्थिक क्षेत्र र सुशासन रहेको बताउँदै सञ्चारमन्त्री गुरुङले भने, ‘जनता र मुलुकको विकासलाई ध्यानमा राखेर सरकारले काम गरिरहेकाले चाँडै विकासले फड्को मार्ने छ ।’ वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचन सम्मै कायम रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा