कांग्रेस–एमाले सरकारले एकपछि अर्को अवैध काम जारी राखेको छ : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको अहिलेको सरकारले एकपछि अर्कोगरि अवैध काम जारी राखेको भन्दै आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गठन नै अवैध र संविधानविपरित भएको भन्दै अहिले राजनीतिक संयन्त्रको नाममा आतंक मच्चाइएको आरोप लगाए ।
संविधान संशोधनको नाटक गरेर संविधान र संसद्ले चिन्दै नचिनेको संयन्त्र सक्रिय गराउनु अराजकताको पराकाष्ठा भएको साहको आरोप छ ।
आजपाको आज बसेको उपत्यका विशेष कमिटीको बैठकमा साहले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको नाममा राज्यमा आतंक सिर्जना गरिएको भन्दै तत्काल उक्त कदम सच्याउन सरकारलाई चेतावनी दिएका छन् । संसद् छलेर भूमाफीयाहरुको स्वार्थमा भूमिसम्बन्धी अध्यादेश ल्याइएको र उक्त अध्यादेशको सबैभन्दा सुरुमा स्वार्थ समूहका नाइकेहरुबाट नै स्वागत हुनुले पनि अहिलेको सरकार दलालहरूको सेवामा तल्लीन रहेको कुरा पुष्टि भएको साहको आरोप छ ।
उनले संसद् फेश गर्न नसकेर सरकारले अध्यादेशमार्फत शासन गर्नु गलत भएको र आफूहरूले त्यसको ठाडै विरोध गरेको पनि स्मरण गराए । साहले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक ढंगले भएकोले यसले जनताको सेवा भन्दापनि बिचौलिया र दलालको सेवा गरिरहेको पनि आरोप लगाए ।
दुई तिहाइको बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली जनतामाझ निस्किनसमेत नसकेको भन्दै उनले अहिलेको सरकारलाई विस्थापित गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ