सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

ट्रम्पको शपथग्रहण समारोह सुरु, तस्बिरहरू

सोमबार, ०७ माघ २०८१, २० : २५
सोमबार, ०७ माघ २०८१

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोह सुरु भएको छ । अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन् ।

शपथ ग्रहणको पहिलो कार्यक्रम अन्तरगत उनी सेन्ट जोन्स चर्चमा पुगेका थिए । दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्प पत्नी मेलानिया र परिवारका सदस्यसहित समारोहमा पुगे । त्यहाँ करिब २५ मिनेटको कार्यक्रम भएको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ।  उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्।

शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो अन्तिम कार्यकालको शपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए । शपथपछि क्यापिटल हिलमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने छ ।

प्रस्तुतिपछि, ट्रम्पले क्यापिटल हिलको अमेरिकी सांसदहरूसँग खाजा खानेछन्। खाजामा दिइने खाना प्रायः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट आउँछ। त्यसपछि अमेरिकी क्यापिटलदेखि ह्वाइट हाउससम्म र्‍याली निकालिनेछ। जसको नेतृत्व राष्ट्रपति ट्रम्प आफैँले गर्नेछन् ।

राति, ट्रम्प आफ्ना नजिकका सहयोगीहरूसँग पार्टीमा भाग लिनेछन्, जुन न्यूयोर्क टाइम्सका अनुसार मेटा प्रमुख मार्क जुकरबर्गले आयोजना गर्नेछन्। जुकरबर्ग चुनावदेखि नै ट्रम्पसँगको सम्बन्ध सुधार्ने प्रयासमा छन् । बाइडेनको कार्यकालमा उनले ट्रम्पलाई फेसबुकबाट प्रतिबन्ध लगाएका थिए।

Donald TrumpDonald Trump1Donald Trump2Donald Trump3Donald Trump4Donald Trump5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप