पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्नेविरुद्ध मुद्दा दायर

झापा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्नेविरुद्ध मुद्दा दायर भएको छ ।
थापालाई कनकाई नगरपालिका–२, सुरुङ्गामा मुक्का प्रहार गर्ने विद्युत् प्राधिकरण शाखा सुरुङ्गाका कर्मचारी कनकाई–३ निवासी ४२ वर्षीय पृथ्वी श्रेष्ठ र शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवालमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दायर भएको हो ।
उनीहरूलाई अदालतबाट तीन दिनको म्याद लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको छ ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिकसहितको वार्षिक साधारण सभाबाट फर्किंदै गर्दा शनिबार साँझ कनकाई नगरपालिकाको जुके कल्भर्टनजिक थापालाई कुटपिट भएको थियो । बा१झ ६५३ नं. को गाडीमा घर फर्किंदै गरेका अर्जुनधारा–७ निवासी थापामाथि बा१ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीद्वयले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएर अस्पताल भर्ना भएका थिए । उनको देब्रे आँखामा चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण शुल्क बढ्यो
-
एमाले महासचिवले एकीकृत समाजवादीको पार्टी कार्यालयबारे लिए जानकारी
-
मिश्र र राणालाई रिहा गर्न माग गर्दै राप्रपाको मसाल जुलुस
-
थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श
-
ब्रोकर कम्पनी मर्जरको खुल्यो बाटो, १० प्रतिशतले थपघट गरी सेयर स्वाप अनुपात
-
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु