पकेट मारेको मोबाइल पसलमा राखेर रकम ठगेको आरोमा २ जना पक्राउ
सोमबार, ०७ माघ २०८१, १९ : ५०

काठमाडौँ । पाकेट मारेको मोबाइल पसलहरूमा डिक राखेर रकम लिएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३५ वर्षीय ध्रुव कुमार राय र काठमाडौँ महानगरपालिका–२४ बस्ने ४१ वर्षीय राजन डंगोल छन् ।
‘अर्जेन्ट पैसा चाहिएको छ, एकदुई घण्टामा फिर्ता ल्याइदिन्छु’ भनेर उनीहरूले चोरीको मोबाइल राखेर रकम ठगेर हिँड्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
चोरी गरेका महत्त्वपूर्ण कागजात र सर्टिफिकेटहरू पनि उनीहरुले डिक राखेर झुक्यानमा पारेर रकम लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
-
कराँते खेलाडी मोहम्मद शेखु अमेरिकामा नगदसहित सम्मानित
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा