ओलीको सत्तारोहणको दिनदेखि नै कुलमानलाई हटाउने प्रपञ्च भइरहेको छः महासचिव गुरुङ
सोमबार, ०७ माघ २०८१, १७ : ४१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च भइरहेको बताएका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा महासचिव गुरुङले कुलमान हटाउनतर्फ नलाग्न नगर्न चेतावनी दिए । कुलमानको कानुनी तथा संवैधानिक समस्या नभेटेपछि अदालतले पुरानो मुद्दा समय अघि नै पेसी अगाडि तानेकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि भन्ने आशंका उब्जियो ।’
उनले आफ्नो पार्टीको सक्रियता सत्ताका लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताए ।
गुरुङले विधेयकहरूको अध्यादेश जारी गरेर कानुन संशोधन गर्ने विषय गम्भीर विषय भएको भन्दै सरकारको नियतमा नै प्रश्न उठेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय