खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी हो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताएका छन् । सोमबारदेखि त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० जय नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराष्ट्रपति यादवले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताए । उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए । क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
पूर्वराष्ट्रपति यादवले खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे । उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
उनले भने, ‘खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिन्छ । पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको छ । यसले संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडीको रूपमा सहयोग गर्नेछ । क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेछ ।’
पूर्वराष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताए । उनले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाइको आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला