बेरोजगारहरूलाई नक्कली अफिस स्पेस भाडामा दिन्छ यो कम्पनी
_QO3rnIPDqb.png)
बेइजिङ । जागिर गुमाउनु वा गुम्नु ठुलो कुरा होइन । बेरोजगारीलाई केही मानिसले हाँसेरै स्विकार्छन्, नयाँ जागिर खोज्न संघर्षरत रहन्छन् । तर केही मानिस आफ्नो बेरोजगारीप्रति लज्जित महसुस गर्छन् । आफू बेरोजगार भएको अरूले थाहा पाउँदा के भन्लान् भनेर हीनताबोध गर्नेहरू पनि छन् । त्यस्ता व्यक्तिका लागि हाम्रो छिमेकी देश चीनको एक फर्मले अनौठो समाधान निकालेको छ ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनको हुबेई प्रान्तमा बेरोजगारहरूले एउटा अनौठो अवसर पाइरहेका छन् । त्यहाँको एउटा कम्पनीले जागिर गुमाएका व्यक्तिहरूका लागि संसारको अगाडि रोजगारीमै भएजस्तो देखाइदिन धन्दा चलाइरहेको छ । यसको लागि बेरोजगारहरूले सो कम्पनीलाई निश्चित पैसा तिर्नुपर्छ । यसबाट कम्पनीले उनीहरूलाई आफ्नो इज्जत जोगाउने मौका दिन्छ ।
यहाँ आएर उनीहरू कार्यालयमा हुँदा जस्तै गरी बस्न अनि खाजा खान सक्छन् । तर यहाँ आएको तलब पाइँदैन । उल्टै दैनिक पैसा तिर्नु पर्छ । यसबापत कम्पनीले दैनिक ३० युआन (४ अमेरिकी डलर) लिन्छ । यति पैसा तिरे पछि व्यक्तिले कार्यालयको जस्तो अनुभूति लिन पाउनेछ । सामान्य कार्यालयमा जस्तै यहाँ पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बस्न पाइन्छ ।
हाकिमको कुर्सीमा बसेर फोटो खिचाउन चाहन्छ र आफ्ना साथीभाइ अनि परिवारलाई आफूले राम्रो काम गरिरहेको देखाउन चाहनेहरूले ५० युआन तिर्नुपर्नेछ । कम्पनीले उपलब्ध गराइरहेको यस सेवाको बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । ‘यसरी देखाउनु आवश्यक छैन, यसले पलायनवादलाई बढवा दिन्छ, ’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले भने यसरी मानसिक तनावलाई अलिकति कम गर्न सकिने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)