६ महिनामा देशको व्यापार घाटा नाघ्यो सात खर्ब
सोमबार, ०७ माघ २०८१, १७ : १६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा (६ महिनामा) ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष २०८०/८१ मा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
जसअनुसार वैदेशिक व्यापारमा ७.०६ प्रतिशतले सुधार आएको छ । चालु वर्षमा आयात निर्यातमा पनि सुधार देखिएको छ । २०८१ पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । यसअनुसार ८९.२८ प्रतिशत आयात हुँदा १०.७२ प्रतिशत निर्यात भएको छ । जसअनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड