विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ। बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ घर भएका तिलकबहादुर कार्की, प्युठान घर भएका हरिबहादुर विष्ट र स्याङ्जा घर भएकी जमुना परियार छन् ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका थिए ।
प्रहरीका अनुसार ३४ वर्षीय कार्कीले यूके पठाइदिन्छु भन्दै एक जनासँग १ लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै ३६ वर्षीय विष्टले अमेरिका पठाइदिन्छु भन्दै दुई जनासँग २ लाख रुपैयाँ र परियारले अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३ जनासँग २८ लाख रुपैयाँ ठगी गरेका थिए ।
तीनै जनालाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
-
कराँते खेलाडी मोहम्मद शेखु अमेरिकामा नगदसहित सम्मानित
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा