हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
सोमबार, ०७ माघ २०८१, १६ : ३५

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बिच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाई टिकटहरूमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् । बैंकका कार्डवाहक तथा ग्राहकहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटहरूका बारेमा जानकारीका लागि हिमालयन बैंकको वेबसाइटमा हेर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत