इङ्ल्यान्डको अपराजित यात्रा कायमै, पाकिस्तान ६ विकेटले पराजित

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा इङ्ल्यान्ड हालसम्म अपराजित छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १८.५ ओभरमा अलआउट हुनुअघि ६६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने ९.२ ओभरमै चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । इङ्ल्यान्डको तिजमा केटी जोन्सले अविजित २० रनको योगदान गरिन् । कप्तान एबी नरग्रभले पनि अविजित १४ रन जोडिन् ।
पाकिस्तानकी बलर माहनुर जेबले दुई विकेट लिइन् । त्यसअघि, पाकिस्तानका ब्याटरहरुले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि जुफिसन अयाजले सर्वाधिक १५ रन बनाएकी थिइन् । इङ्ल्यान्डकी बलर अमु सुरेनकुमाले तीन विकेट लिइन् ।
समूह ‘बी’ मा चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । तीन अंकसहित अमेरिका पहिलो र समान अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छन् । यसअघि इङ्ल्यान्ड र आयरल्यान्डबिचको खेल अनिर्णित रुपमा सकिएको थियो । पाकिस्तानको भने यो पहिलो पराजय हो ।
यसअघि पाकिस्तान र अमेरिकाबिचको खेल वर्षाका कारण रद्द भएको थियो । एक अंकसहित पाकिस्तान तेस्रो र समान अंक जोडेको आयरल्यान्ड चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने