सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

इरानमा गायक आमिर टाटालूलाई मृत्युदण्डको सजाय

सोमबार, ०७ माघ २०८१, १६ : ११
सोमबार, ०७ माघ २०८१

तेहरान । इरानको सर्वोच्च अदालतले गायक आमिर होसेन माध्सोउद्लू ऊर्फ टाटालूलाई मृत्युदण्डको सजाय सुनाएको छ । ईशनिन्दा गरेको अभियोगमा गायकलाई सो सजाय सुनाइएको हो । 

यसअघि अदालतले गायकलाई ५ वर्षको जेल सजाय दिएको थियो । तर अभियोजनकर्ताहरूले उक्त फैसलाको विरोध गर्दै दायर गरेको याचिका स्वीकार गरे पनि सर्वोच्च अदालतले यो फैसला सुनाएको हो ।

टाटालूले पैगम्बर मोहम्मदको निन्दा गरेको अदालतले ठहर गरेको थियो । मुद्दालाई रि–ओपन गरेर उनलाई मृत्यु दण्ड दिइएको हो । तर यो फैसला अन्तिम भने होइन । 

यसविरुद्ध अपिल गर्ने अधिकार टाटालूमाथि सुरक्षित छ । ३७ वर्षीय टाटालू सन् २०१८ देखि इस्तानबुलमा बस्दै आएका थिए । सन् २०२३ को डिसेम्बरमा टर्किश प्रहरीले टाटालूलाई इरानी अधिकारीलाई सुम्पिएका थिए । 

वेश्यावृत्तिको प्रवर्द्धन गरेको अभियोगमा टाटालूलाई १० वर्षको जेल सजाय पनि दिइएको थियो । उनीमाथि इरानी सरकारविरुद्ध प्रोपोगान्डा चलाएको र अश्लील सामाग्री प्रकाशित गरेको अभियोग पनि लगाइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप