खानेपानी समस्या
खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न आए धरानका मेयर हर्क साम्पाङ, तस्बिरहरु
सोमबार, ०७ माघ २०८१, १५ : ५३
१

काठमाडौँ । खाली गाग्री लिएर धरानका मेयर हर्क साम्पाङका आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी काठमाडौँ आएका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न काठमाडौँ आएका छन् । सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।