प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावास

नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकाताको गएको वर्ष अगष्ट महिनामा एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सोमबार कोलकाताको सियालदह अदालतले आरजी कार अस्पतालकी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा दोषी संजय रोयलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
सीबीआईले यस मामिलालाई दुर्लभ घटना भन्दै दोषीलाई फाँसी दिनुपर्ने माग गरेको थियो । दोषीलाई अधिकतम सजाय दिनुपर्ने उनीहरूको तर्क थियो । आफ्नो फैसला पढ्दै गर्दा न्यायाधीशले यो दुर्लभमध्ये दुर्लभ घटना नभएको भन्दै दोषी रोयलाई आजीवन कारावासको सजाय सुनाएका थिए ।
अदालतमा दोषी ठहर भइसकेका रोयले फेरि पनि न्यायाधीश समक्ष बिन्ती गर्दै आफूलाई निर्दोष बताएका थिए । उनकी आमाले पनि अदालतमा दयाको याचना गरेकी थिइन् । दुवै पक्षको बहस सुनेपछि न्यायाधीशले दिउँसो २ः४५ बजेसम्मको लागि आफ्नो निर्णय सुरक्षित राखेका थिए । दोषी प्रमाणित भइसकेकोले रोयलाई अधिकतम सजायमा मृत्युदण्ड वा आजीवन कारावास के दिने भन्नेबारे मात्रै फैसला सुनाउन बाँकी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह
-
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता