बैंकहरुको खराब वित्तीय विवरणबिच बढ्यो सेयर बजार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको खराब वित्तीय विवरणका बाबजुद सेयर बजार परिसूचक सकारात्मक अंकमा रोकिएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) ६.७८ अंकले बढेको हो ।
बजारमा सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार बैंक तथा वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । यो अनुसार वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा ४.६१ प्रतिशतले कम हो । त्यस्तै, विकास बैंक तथा वित्त कम्पनीको नाफा समेत घटेको देखिएको छ । उच्च तरलता, लगानी हुन नसकेको अवस्था र उच्च निष्क्रिय कर्जाका कारण बैंकहरुको रिपोर्ट राम्रो नआउने अनुमान यसअघि नै गरिएकोले बजारमा यसको धेरै ठुलो नकारात्मक प्रभाव देखिएको छैन ।
सोमबार बजारमा वाणिज्य बैंक समूह ०.२० प्रतिशत, विकास बैंक ०.६० प्रतिशत र वित्त कम्पनी २.५३ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स र हाइड्रो समूहमा समेत सामान्य गिरावट देखिँदा अन्य समूह भने बढेका छन् ।
सोमबार बजारमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । बजारमा सोमबार विन नेपाल लघुवित्त, सुपर मादी लघुवित्त र विगुल इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?