स्वर्णलक्ष्मी सहकारी प्रकरण
पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा
सोमबार, ०७ माघ २०८१, १५ : १७

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
धरौटी बुझाएर जोशी रिहा भएका छन् ।
जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं