वीरगन्जको कृषि कारखाना सञ्चालन गर्न महावीर पुनले बेचे १ लाख ५५ हजार प्रति पुस्तक
सोमबार, ०७ माघ २०८१, १४ : १२

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ बिक्री गर्दै आएका छन्।
उनले देशभरका विभिन्न क्षेत्रमा हिँड्दै किताब बिक्री गर्दै आएका हुन्। उक्त सङ्ख्यामा किताब बेचेर उनले ११ करोड ६२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका हुन्। प्रति पुस्तकको ७५० रुपैयाँ मूल्य तोकिएको छ।
सरकार र पुनको राष्ट्रिय आविष्कार केन्द्रबिच कारखाना चलाउने विषयमा सहमति भएको थियो। सोही आधारमा पुनले कारखाना सञ्चालन गर्दै आएका छन्।
उनलाई राज्यले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था नगरिदिएपछि किताब बेचेर कारखाना सञ्चालन गर्न खोजेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम