कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रूपमा रहेको बताए । उनले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि मूल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मूल कानुन हुने बताए । कृषिको मूल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको उनले बताए । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रूपमा हेरिनुपर्ने बताए ।
महामन्त्री थापाले भने, ‘एउटा मौका अहिले आएको छ । अहिले कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ । कृषि विधेयक २० गतेभित्रमा संसदमा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि यसको मूल कानुन हामीले अहिलेसम्म बनाएनौँ ।’
महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा
-
चितुवाको आक्रमणबाट ४ जना घाइते
-
कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त
-
ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’