कारले कुल्चेर दर्जनौँ मानिसको ज्यान लिने चालकलाई चीनमा दिइयो फाँसी

बेइजिङ । दक्षिणी चीनमा एउटा रङ्गशाला बाहिर अभ्यास गरिरहेका मानिसहरूको भीडमा कार चलाएर दर्जनौँ मानिसको ज्यान लिने एक पुरुषलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएको भन्दै बीबीसीले सो घटनाबारे समाचार छापेको छ ।
नोभेम्बर ११ मा ६२ वर्षीय फान वेइकिउले चलाइरहेको कारले कुल्चँदा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । यस घटनामा अरू दर्जनौँ घाइते भएका थिए । यसलाई चीनमा एक दशकयताकै सबैभन्दा भयानक दूघर्टना मानिएको छ । श्रीमतीसँगको सम्बन्ध विच्छेदको मुद्दामा अदालतले पति पत्नीबिच सम्पत्ति बाँडफाँड गरेको कुरामा चित्त नबुझेको झोकमा उक्त घटना गराएको फानले अदालतमा भनेका थिए ।
अदालतले मृत्युदण्डको सजाय सुनाएको एक महिना नबित्दै सोमबार फानलाई फाँसी दिइएको हो । २०२४ मा चीनमा अपरिचित मानिसहरूलाई लक्षित गरेर १९ वटा आक्रमण भएका थिए । यो आक्रमण तिनैमध्ये एक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक
-
साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?
-
सरकारी लगानी डुबेकाले व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको हो : अर्थमन्त्री
-
रवि लामिछाने पार्टी कार्यालय पुग्दा जे देखियो, तस्बिरहरू