बलान–बिहुलका विद्यालयमा मैथिली भाषाको पाठ्यक्रम
गोलबजार । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार अगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।
स्थानीय ज्ञान, सीप, प्रविधि, चाडपर्व संस्कृति र शान्तिको सन्देश भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुर्याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गाउँपालिका जुटको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम मैथिली भाषामा निर्माण गरी लागू गर्ने योजना बनाइएको छ ।
अगामी शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख दिनेशकुमार मण्डलले बताए । उनले भने, ‘पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरूको विज्ञ समिति गठन गरी कार्य अगाडि बढाउने गाउँपालिकास्तरीय शिक्षा समितिले निर्णय गरेको छ ।’
शिक्षा शाखा प्रमुख मण्डलका अनुसार पाठ्यक्रमको खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्रसम्बद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिमरूप दिई पाठ्यक्रमका रूपमा लागू गरिने बताए । आगामी शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू पर्ने उनको भनाइ छ ।
स्थानीय मातृभाषा मैथिलीमा स्थानीयस्रका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, मौलिक चाडपर्व सांस्कृतिक पक्ष, आर्थिक आधार, कृषि विविधता, नदी, पोखरी ताल, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रम, स्थानीय पेसा व्यवसायलाई पाठ्यक्रममा समावेश हुने भएपछि सानो कक्षाका विद्यार्थीमा सिकाइ सहजता हुने कलासंस्कृतिको संरक्षण हुने जनता माध्यमिक विद्यालय रामनगर कोदरकट्टीका प्रधानाध्यापक देवप्रसाद यादवले बताए ।
कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । स्थानीय पाठ्यक्रम निर्माणमा इन्टरनेसनल अलर्टको आर्थिकको सहयोगमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘महिला र सीमान्तकृत समूहलाई लैङ्गिक न्यायको सुदृढीकरण’ परियोजनाले प्रावधिक सहयोग गर्ने परियोजना व्यवस्थापक रामकृपाल साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री
-
विचार र वैज्ञानिक आविष्कार : भ्रम र यथार्थ
-
खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न आए धरानका मेयर हर्क साम्पाङ, तस्बिरहरु
-
१६ रनमै समेटिएको सामोआ दक्षिण अफ्रिकासँग १० विकेट हार्यो
-
प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावास
-
बैंकहरुको खराब वित्तीय विवरणबिच बढ्यो सेयर बजार