नाइजेरियासँग स्तब्ध बन्यो बलियो न्युजिल्यान्ड

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार न्युजिल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नाइजेरियासँग अप्रत्यासित हार भोगेको छ । नाइजेरियाले न्युजिल्यान्डमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नाइजेरियाले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको थियो । प्रतिकूल मौसमका कारण खेल १३–१३ ओभरमा झारिएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नाइजेरियाका लागि लिलियन युडले सर्वाधिक १९ रन बनाएकी थिइन् । न्युजिल्यान्डकी बलर हनाह फ्रान्सिसले एक विकेट लिइन् । जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि एनिका टोडले २७ बलमा १९ रन बटुलिन् । नाइजेरियाकी बलर पिस युसेनले एक विकेट लिइन् ।
समूह ‘सी’ तालिकामा दुई खेल खेलेको नाइजेरिया तीन अंकसहित पहिलो स्थानमा छ । नाइजेरिया हालसम्म अपराजित छ । यसअघि खेलिएको नाइजेरिया र समोआबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।
एक खेल खेलेको दक्षिण अफ्रिका दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले पनि न्युजिल्यान्डलाई २२ रनले हराएको थियो । एक खेल खेलेको समाआ एक अंकसहित तेस्रो र दुई खेल खेलेको अंकविहीन न्युजिल्यान्ड चौथो स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य