स्कटल्यान्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
जारी विश्वकपमा नेपाल र स्कटल्यान्डले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा यी दुबै टोली पराजित भएका थिए । नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो । त्यसैले सोमबारको खेल नेपाल र स्कटल्यान्ड दुबैका लागि निकै महत्वपूर्ण छ । यो खेलमा जित हात पार्ने टोलीको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।
समूह ‘डी’ तालिकामा दुई जितबाट चार अंक हात पारेको अस्ट्रेलिया पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको बंगलादेश दुई अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपाल तेस्रो र समान खेल खेलेको स्कटल्यान्ड अंकविहीन रहँदै चौथो स्थानमा आसिन छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
कांग्रेस फकाउँदै ओली, गगन–शेखरको ‘प्रेसर’ देउवालाई भारी
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो