अस्ट्रेलियाको लगातार दोस्रो जित, केही लागेन बंगलादेशको

काठमाडौँ । आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले सोमबार सम्पन्न खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
दुई जितबाट चार अंक हात पारेको अस्ट्रेलिया समूह ‘डी’ तालिकाको पहिलो स्थानमा आसिन छ । अस्ट्रेलियाले पहिलो खेलमा स्कटल्यान्डलाई नौ विकेटले हराएको थियो । दुई खेल खेलेको बंगलादेश दुई अंकसहित दोस्रो स्थानमा छ । बंगलादेशले आफ्नो पहिलो खेलमा नेपाललाई पाँच विकेटले हराएको थियो । एक खेल खेलेको नेपाल तेस्रो र समान खेल खेलेको स्कटल्यान्ड चौथो स्थानमा आसिन छन् । सोही समूहको खेलमा सोमबार नेपालले स्कटल्यान्डको सामना गर्दैछ ।
मलेसियामा जारी विश्वकपमा सोमबार टस हारी ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर ९१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने १९।२ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । अस्ट्रेलियाको जितमा कप्तान लुसी ह्यामिल्टनले ३० रनको योगदान गरिन् । उनले ३५ बलको सामना गरी चार चौका पनि हिकाइन् । ओपनर केट पेल्लेले १६ रन जोडिन् । बंगलादेशकी बलर जनातुल माउवाले तीन विकेट लिइन् ।
त्यसअघि, बंगलादेशका लागि अफिफ असिमाले २९ रन बनाएकी थिइन् । सातौँ नम्बरमा क्रिज समाल्न आएकी उनले ३४ बलमा एक छक्का र दुई चौका पनि हिर्काइन् । ओपनर सुमैया अख्तरले १३ रन बटुलिन् । बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशले अतिरिक्त रुपमा पनि १४ रन पायो । अस्ट्रेलियाकी बलर टेगन विलियम्सन र एलेनर लरोसाले दुई–दुई विकेट लिए । उक्त खेलमा अस्ट्रेलियाकी लुसी ह्यामिल्टन प्लेयर अफ दि म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन
-
नेपाल र भारतबिच ऊर्जा विकासका लागि सम्झौता
-
कश्मीरको पहलगाममा पर्यटकमाथि आतंकवादी हमला, १ जनाको मृत्यु, दर्जन बढी घाइते