विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा
विराटनगर । मोरङ विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा एमालेबाट राजीनामा दिने लहर सुरु भएको छ । एमाले विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनीहरूले गत पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति असहमति जनाएका हुन् ।
यसरी राजीनामा दिनेहरूमा वडा अधिवेशन आयोजक समितिको उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, उपा सिवाकोटी रहेका छन् ।
‘पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा कसैसँग परामर्श तथा छलफल नगरी विना जानकारी ३ नं.वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा सङ्गठित सदस्यता समेत नरहेका, अन्य पार्टीमा रहेका व्यक्तिहरू समेत राखिएको पाइयो जुन अत्यन्तै दुःखद हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ, ‘सामूहिक प्रयासबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको ब्यहोरा अवगत गराउँदै सामूहिक रूपमा राजीनामा पेश गर्दछौँ ।’
सामूहिक राजीनामा पत्रमा सङ्गठित सदस्य नै नरहेका सन्दीप थापा, राम भट्टराई, ब्रम्हकुमारी पराजुली, श्याम पौडेल, सुशील रेग्मी, उमा निरौला, रीता घिमिरे, अप्सरा श्रेष्ठ, तुलसी सुवेदी, कृष्ण रिजाल, स्वीकारजंग बस्नेत र तेजु कटुवाल रहेको उल्लेख छ ।
यसअघि एमाले विराटनगर कमिटीको बैठकले महानगर कमिटी सदस्यमा मनोनीत गरेपछि वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका थिए । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका थिए ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपाल टुप्पीसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन
-
नेपालमा लसुनको अस्वाभाविक आयात