२० दिन थपियो युन सुक–येओलको हिरासत अवधि
सोल । महाभियोगको सामना गरिरहेका दक्षिण कोयिाका राष्ट्रपति युन सुक–येओलको हिरासत अवधि बढाइएको छ । अनुसन्धानकर्ताहरूले येओललाई थप २० दिनसम्म हिरासतमा राख्न सक्ने भन्दै सियोल अदालतका एक न्यायाधीशले वारेन्ट जारी गरेका छन् ।
उनलाई बुधबार पक्राउ गरिएको थियो । येओलका कार्यकर्ताहरूको चर्को विरोध र उनका सुरक्षाकर्मीहरूसँगको खिचातानीका कारण अनुसन्धानकर्ताहरू यसअघि पटक पटक उनलाई पक्राउ गर्न असफल भएका थिए । तर बुधबार उनीहरूले राष्ट्रपति निवास बाहिरको पर्खालको काँडेतार काटेर भ¥याङ्ग उक्लिएर झ्यालबाट निवासभित्र छिरेर येओललाई समातेका थिए ।
पक्राउ रोक्न राष्ट्रपतिका सुरक्षा सेवा (पीएसएस)का कर्मचाीहरूले निवासअगाडि ब्यारिकेड खडा गरेका थिए । उनी पक्राउ परेपछि पनि राजधानीमा गिरफ्तारीको विरुद्धा विरोध प्रदर्शन भइरहेका छन् । गत वर्ष डिसेम्बरको शुरुमा देशमा मार्शल ल लगाउने असफल प्रयासका कारण दक्षिण कोरिया यतिबेला राजनीतिक संकटमा फसेको छ ।
यस मामिलालाई लिएर येओलमाथि देशद्रोहको मुद्दा चलाइएको छ । यसमाथि छानबिन भइरहेको छ । संवैधानिक अदालतले महाभियोग मार्फत युन सुक–योललाई पदबाट हटाउने नहटाउनेबारे कुनै फैसला जारी गरेको छैन । निलम्बित भएपछि प्राविधिक रुपमा येओल अझै पनि दक्षिण कोयिाका राष्ट्रपति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदको तरङ्ग : १३८ जना पदाधिकारी ‘आउट’ !
-
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो
-
स्कटल्यान्डसँग पनि हार्यो नेपाल, अगाडि बढ्ने सम्भावना कमजोर
-
पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा
-
बलिउडमा डेब्यू गर्दैछन् गोविन्दाका छोरा
-
परराष्ट्रमन्त्री राणा र इजिप्टका विदेश मामिलामन्त्री अब्देल–अतीबिच फोनवार्ता