भक्तपुर कन्सर्टमा सुशान्तले आफ्ना हिट गीत सुनाउने

काठमाडौँ । गायक सुशान्त केसीले गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आगामी २४ फागुनमा कन्सर्ट गर्न लागेका हुन् । कार्यक्रमको नाम कन्सर्टको ‘सुशान्त केसी लाइभ इन नेपाल’ राखिएको छ ।
राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले कन्सर्ट भक्तपुरको सल्लाघारी मैदानमा आयोजना हुने जानकारी दिइयो । कन्सर्टलाई एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सले आयोजना गर्न लागेको हो ।
कार्यक्रममा गायक केसीले कन्सर्टलाई लिएर आफू उत्साहित रहेको सुनाए । कार्यक्रममा नयाँ एक गीत रिलिज गर्ने योजना रहेको उनले जानकारी दिए ।
‘दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनुहुनेछ,’ उनले भने, ‘कन्सर्टकै लागि भनेर मैले गीत तयार गरेको छु ।’
कन्सर्टमा सुशान्तले आफ्ना हिट गीतहरू बार्दली, सारङ्गी, साथी, आमा, उड उडीजस्ता गाउनेछन् । आयोजकले कन्सर्टमा १५००० दर्शक हुने अपेक्षा गरेको छ । कन्सर्टको सुरक्षा स्थानीय प्रशासनसँग समन्वय हुने आयोजकको धारणा रहेको छ । कन्सर्टको टिकट खल्ती एपमार्फत खरिद गर्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल