काभ्रे । काभ्रेको लामाबजारका किसान हरियो लसुन बेच्न लैजानुअघि रोशी खोलामा पखाल्न व्यस्त हुन्छन्। प्रति मुठा १०० रुपैयाँमा ठेकेदारहरु बारी मै सो हरियो लसुन खरिद गर्न आउने एक किसानले बताए ।
लसुनलाई आयुर्वेदमा ठुलो औषधि मानिन्छ र काठमाडौँ उपत्यकामा यसको राम्रो माग भएका कारण ठेकेदारहरू किसानको खेत खेत सम्म पुग्ने गर्दछन् ।
लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ ।
लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।
लसुनका पात खानाले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्त्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।
लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्त्व पनि हुन्छ । यसले सङ्क्रमणको खतरा पनि कम गर्छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।
प्रतिक्रिया