सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा

सोमबार, ०७ माघ २०८१, ०९ : २५
सोमबार, ०७ माघ २०८१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । उनले  राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएकाले सो प्रस्ताव गरेको बताएका हुन् ।

उनले सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन प्रस्ताव गरेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप