विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव
झापा । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवद्र्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रदर्शनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।
यही माघ ८ देखि १९ गतेसम्म विर्तामोडको वडा नं ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ एक सय १८ प्रदर्शनी कक्ष अट्ने नेपालको सबैभन्दा ठुलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनी कक्ष निर्माण सम्पन्न भइसकेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।
‘सार्क राष्ट्रका व्यवसायीले प्रदर्शनी कक्ष राख्ने निधो भइसकेको छ,’ उनले भने, ‘स्थानीय उद्योगका उत्पादनले पनि व्यवसाय प्रवर्द्धनको राम्रो अवसर पाउनेछन् ।’ महोत्सवमा सुनदेखि नुनसम्मका स्वदेशी उत्पादन र गाडीदेखि गार्मेन्टसम्मका विदेशी उत्पादन राखिएको प्रदर्शनी कक्ष अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बन्नेछन् ।
महोत्सवमा अवलोकनकर्ताको आगमन बढाउन मनोरञ्जनमूलक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । हरेक दिन कलाकारको साङ्गीतिक प्रस्तुति रहने भएको छ भने स्थानीय मौलिक पहिचान झल्किने कार्यक्रम राखिने व्यवस्थापक सिम्खडाले जानकारी दिए । बिर्ता उद्योग वाणिज्य सङ्घले विगत लामो अवधिदेखि औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन