शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो रियाल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड फेरि शीर्ष स्थानमा फर्किएको छ । आइतबार राती घरेलु मैदानमा लस पल्मसलाई ४-१ गोल अन्तरले हराउँदै रियाल शीर्ष स्थानमा फर्किएको हो ।
रियाललाई शानदार जित दिलाउन केलियन एम्बापेले दुई गोल गरे । उनले गरेको तेस्रो प्रहार भीएआरले विफल नपारेको भए उनले पहिलो हाफ अघि नै ह्याट्रिक पूरा गर्ने थिए । ४२औं मिनेटमा गरेको प्रहारलाई भीएआरले मान्यता दिएन । ब्राहिम डाएज र रोड्रिगोले एक-एक गोल थप्दा टोलीले ४-१ को जित निकाल्यो ।
जितपछि रियालको २० खेलबाट ४६ अंक भएको छ भने गोल अन्तरका आधारमा पनि रियाल दोस्रो स्थानको एटलेटिको मड्रिडभन्दा अघि छ । एटलेटिकोको ४४ अंक छ । गोल अन्तर सबैभन्दा ढबी भए पनि बार्सिलोना भने लामो समयदेखि तेस्रो स्थानमा खुम्चिएको छ ।
ला लिगा अन्तर्गत अन्य खेलमा एथ्लेटिक क्लबले सेल्टा भिगोलाई २-१ ले हराउँदा ओसासुना र रायो भायकानोले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित