प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी
सोमबार, ०७ माघ २०८१, ०१ : ३१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राती भएको खेलमा म्यान्सिटीले इप्सविच टाउनको पोष्टमा ६ गोलको वर्षा गरेको हो ।
म्यान्सिटीलाई (६-०)को फराकिलो जित दिलाउन फिल फोडेनले दुई गोल गर्दा मातेओ कोभासिक, जेरेमी डोकु, जेम्स म्याकएटी र एर्लिङ हालान्डले एक–एक गोल गरे । जितसँगै म्यान्सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ३८ अंक भएको छ ।
म्यान्सिटी विजयी हुँदा उता म्यान्चेस्टर युनाइटेड म्यानयुको भने हार श्रृंखला जारी छ । आइतबार राती म्यानयु ब्राइटनसँग ३-१ ले पराजित भयो । यस्तै, नटिङघमले साउथ ह्याम्पटनलाई ३-२ ले हराउँदा एभर्टनले टोटन ह्याम हट्स्परविरुद्ध ३-२ कै संघर्षपूर्ण जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार