करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक
आइतबार, ०६ माघ २०८१, २० : २०

काठमाडौँ । नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ ।
भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे । त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे ।
यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित