आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

आइतबार, ०६ माघ २०८१, १७ : २०
आइतबार, ०६ माघ २०८१

तिबु । कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।  कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आर्म्ड फोर्सेज अफ कोलम्बिया (फोर्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन्।

भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरुले शनिबार बताएका छन् ।  प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन्।कोलम्बियामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो ।

ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फोसँग पनि भिडन्त भएको थियो, जुन देशको सबैभन्दा ठूलो ‘कोकिनको कारोकार (ओसारपसार)’ गर्ने समूह हो । सैन्य कमाण्डर जनरल लुइस एमिलियो कार्डोजोले शनिबार भने, ‘देशको क्याटाटुम्बो क्षेत्रमा निकै नाजुक अवस्था छ ।’

उनले एक्समा सेनाद्वारा प्रकाशित एक भिडियोमा भनेका छन्, ‘ईएलएन र फार्क विद्रोहीबीचको युद्धविरामको ‘उल्लङ्घन’ ले ‘सर्वसाधारणमा व्यापक असर छ।’ उनले भने, ‘उनीहरुले स्थानीय निहत्था नागरिकलाई घरबाट निकालेर दयनीय तरिकाले हत्या गरेका छन्, सबै मानव अधिकारको उल्लङ्घन गरेका छन् । यो क्षेत्रलाई स्थिर बनाउने राष्ट्रिय सेनाको रूपमा हामीमा निर्भर छ,’ कार्डोजोले यस क्षेत्रमा तैनाथ सयौं सैनिकहरूलाई सम्बोधन गर्दै भने । 

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए ।  ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेका थिए । 

कोलम्बियाको ओम्बड्सम्यान कार्यालयले शनिबार राति क्याटाटुम्बोमा करिब ६० जनाको मृत्यु भएको जनाएको छ । कार्यालयका अनुसार केही बासिन्दा हिंसाबाट बच्न ‘पहाडी क्षेत्रमा शरण लिइरहेका’ छन् । “शान्तिमा हस्ताक्षर गर्ने, सामाजिक अगुवा र उनीहरूका परिवार र बालबालिकासमेत धेरैलाई अपहरण वा हत्याको विशेष जोखिम छ,” कार्यालयले भनेको छ ।

प्रभावित समुदायले पनि खाद्यान्न अभावको सामना गर्न थालेको भन्दै कार्यालयले सशस्त्र समूहलाई मानवीय सहायतामा पहुँच प्रदान गर्न र सर्वसाधारणमाथि हुने सबै प्रकारका आक्रमण रोक्न आह्वान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप