पुस मसान्तसम्ममा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात
आइतबार, ०६ माघ २०८१, १६ : ५६

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यात दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म (६ महिना) मा आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ३१.८ प्रतिशतले भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत वर्षको यसै अवधिमा ३.१ प्रतिशले आयातमा गिरावट आएको थियो भने निर्यातमा ७.२ प्रतिशतले गिरावट आएको थियो । चालु वर्षको पहिलो ६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ ।
गतवर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब