कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी
आइतबार, ०६ माघ २०८१, १६ : ५६
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए।
अहिले पनि धेरै परिवार कृषिमा लागेका भएपनि ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको उल्लेख गर्दै उनले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए ।
बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने सङ्कल्प सबैले गर्न जरुरी रहेको र यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले कुनै खास संस्थालाई विघटन गर्नेगरी कानुन ल्याउन पाउँदैन’
-
सिक्टा सिँचाइमा भ्रष्टाचार : पूर्वमन्त्री विक्रम पाण्डेविरुद्धको मुद्दा सर्वोच्चको न्यायिक परीक्षणमा
-
चीनको नाका जोड्ने कालिकोट–हिल्सा सडक स्तरोन्नति गर्दै सरकार
-
बजेट क्यालेन्डर एक वर्षमै फेल, अर्थमन्त्री भन्छन्, ‘हामीले विचित्रको अभ्यास गरेछौँ’
-
अर्थमन्त्रीको प्रष्टीकरण– सरकारले डेटामा खेल्दैन
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जना पक्राउ