सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि आयोजना गर्न लागेको सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक सार्वजनिक गरेको हो ।
तालिका अनुसार उद्घाटन खेलमा चर्च व्वाईज फुटबल क्लब र संकटा क्लबबिच खेल हुनेछ । त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपिएफ क्लब, १२ गते पुलिस क्लब र बागमती क्लब र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबिच खेल हुने आयोजकले जनाएको छ ।
लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ । उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
-
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु