गाजामा लागू भयो युद्ध विराम

तेल अभिभ । गाजामा इजरायल र हमासबिच युद्धविराम सुरु भएको छ । युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो ।
यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायले रक्षा बललाई आदेश दिएका थिए ।
स्थानीय समयअनुसार बिहान ११ः१५ मा युद्धविराम लागू भएको छ । यो यस अघि बताइएको समयभन्दा केही घण्टा ढिला हो ।
युद्धविराम लागू भएपछि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेन–गिभिरले राजीनामा दिएका छन् । गिभिर युद्धविरामको कटु आलोचकका रूपमा रहँदै आएका थिए । प्रधानमन्त्री नेतन्याहुको नाममा लेखेको राजीनामा पत्रमा उनले सरकार ढलाउन कुनै काम नगर्ने तर युद्धविराम आतंकवादीहहरूको लागि पूर्ण जित भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू
-
अराजक गतिविधि नियन्त्रणमा निर्मम हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
-
विश्वका दृष्टान्तबाट ज्ञानेन्द्रले सिक्न नसकेको पाठ