प्रधानमन्त्री कप महिला क्रिकेट : मधेस प्रदेशमाथि आर्मी क्लबको सानदार जित

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित हासिल गरेको छ ।
धनगढीस्थित फाप्ला मैदानमा खेलिएको खेलमा टस जिती ब्याटिङको निर्णय लिएको मधेस प्रदेश १५.२ ओभरमा केवल २५ रन बनाउँदै अलआउट भएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको विभागीय टोली त्रिभुवन आर्मी क्लबले भने २.५ ओभरमै कुनै पनि विकेट नगुमाई २९ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
आर्मी क्लबका लागि ओपनर सम्झना खड्काले अविजित २२ रनको योगदान गरिन् । उनले १० बलमा चार चौका पनि हिर्काइन् । अर्की ओपनर अञ्जली विश्वकर्माले अविजित चार रन बटुलिन् ।
त्यसअघि, मधेस प्रदेशका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । मधेस प्रदेशका सात ब्याटरले त खातासम्म खोल्न सकेका थिएनन् ।
ओपनर प्रतिमा साह र सिमा कुँवर खाता खोल्नुअघि नै पेभेलियन फर्किए । कप्तान सरस्वती पनि शून्य रनमै आउट भइन् । रोजी कडारी, मोनिका साह, दिपा राम र प्रज्ञाँ क्षेत्रीले पनि खाता खोल्न सकेनन् ।
नवौँ नम्बरमा क्रिज समाल्न आएकी भूमी सिंहले सर्वाधिक १० रन बनाइन् । भूमी वाहेक अन्य कुनै पनि ब्याटरले बनाएभन्दा बढी रन त मधेस प्रदेशले अतिरिक्त रुपमा पाएको थियो ।
मधेस प्रदेशले अतिरिक्त रुपमा सात रन पायो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी साक्षी यादवले चार रन बनाइन् । सिवानी साह तीन रन बनाउँदै आउट भइन् ।
त्रिभुवन आर्मी क्लबका बलर आश्मा पुलामी मगरले तीन तथा लक्ष्मी साउद र मनिषा चौधरीले दुई–दुई विकेट लिए । इश्वरी बिष्ट र सिता शाहीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा