गाजामा इजरायली सेनाको आक्रमण तीव्र

तेल अभिभ । आइतबारदेखि इजरायल र प्यालेष्टिनी सशस्त्र समूह हमासबिच गाजामा युद्धविराम सम्झौता लागू हुँदै थियो । भनेको समयमा युद्धविराम सुरु त भएन, यसबिच इजरायली सेनाले आक्रमण तीव्र बनाउँदा गाजामा धमाधम मान्छे मरिरहेको खबर आइरहेको छ ।
युद्धविराम लागू हुनुपर्ने समयदेखि पहिलो एक घन्टाभित्र इजरायली सेनाले गरेको आक्रमणमा परेर आठ जनाको मृत्यु भएको छ । गाजा हमासले चलाइरहेको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले यसको जानकारी दिएका हुन् ।
गाजा सहरमा पाँच जना मारिएको महमुद बसलले भनेका छन् । अरू तीन जना सहरको उत्तरतिर भएको आक्रमणमा मारिएका हुन् । यी आक्रमणमा परेर २५ जना घाइते भएको उनले बताएका छन् ।
गाजामा धुवाँको ठुला मुस्लो उठिरहेको भिडियोहरू सार्वजनिक भइरहेका छन् । यसैबिच इजरायली सेनाले एक इजरायली सेनाको शव फेला पारेको छ ।
स्टाफ सर्जेन्ट ओरन शल सन् २०१४ मा गाजा युद्धको क्रममा मारिएको र उनको शव हमासले राखिराखेको बताइएको छ । हमासले गाजामा आइतबार देखि लागू हुने भनिएको नयाँ युद्ध विरामको सम्झौता अनुसार शलको शव बुझाउन थालेको ठानिएको छ ।
हमासको कब्जामा यतिबेला सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमला गर्नु अघि बन्धक बनाएका तीन जना इजरायली बन्दी पनि छन् । यीमध्ये एक जना सिपाही हदल गोल्डिन भएको र अन्य दुई जना भने आम इजरायली हुन् । गोल्डिन २०१४ को गाजा युद्धमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू