आफ्नो उपचारका लागि सैफ अली खानले गरे ३५ लाख ९५ हजारको बीमा दाबी

नयाँ दिल्ली । चर्चित बलिउड अभिनेता सैफ अली खानलाई बुधबार उनको फ्ल्याटमा चोर्ने नियतले घुसेका एक व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । ढाडमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।
घाँटी, ढाड र हात बाहेक शरीरका अन्य भागमा पनि चोट लागेको छ । घटनापछि अभिनेतालाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरियो । आकस्मात अपरेसन गर्नुपर्यो । अपरेसन कयौँ घण्टासम्म चल्यो । अहिले अभिनेताको अवस्था ठिक रहेको र स्वास्थ्य लाभ भइरहेको डाक्टरहरूले बताएका छन् ।
यसैबिच, सैफको मेडिकल बीमा दाबी पत्र लीक भएको छ । पत्रअनुसार उनले आफ्नो उपचारको लागि ३५ लाख ९५ हजार भारुको बीमा दाबी गरेका छन् । सैफको स्वास्थ्य बीमा दाबी फारम माइक्रोब्लगिङ प्लेटफर्म एक्सबाट बाहिरिएको छ । सैफ अली खानले निवा बुपा पोलिसी लिएका थिए ।
कम्पनीले यसमध्ये २५ लाख भारु स्वीकृत गरेको छ । दाबीमा अभिनेता जनवरी २१ मा अस्पतालबाट डिस्चार्ज हुने उल्लेख गरिएको छ । सैफमाथिको आक्रमण अत्यन्तै चिन्ताजनक भएको र आफूले उनको शीघ्र र सुरक्षित स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमा निवा बुपाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता