गायिका समीक्षाको गुनासो– श्री एयरलाइन्सले गर्दा कार्यक्रम छुट्यो

काठमाडौँ । गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको गुनासो पोखेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो गुनासो गरेकी हुन् ।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो । तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलाइन्सले धमाधम प्लेन उडाइरहेका छन्’, उनले लेखेकी छन् ‘केहि दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो । आज पनि म बिहानैदेखि काठमाडौँ एयरपोर्टमै छु ।’
श्री एयरलाइन्सबाट धोका पाउने आफू पहिलो पात्र पक्कै होइन भन्दै उनले प्रश्न गरेकी छन्, ‘यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन् ?, कि त यो एयरलाइन्सको काम छैन ।’
यस विषयमा श्री एयरलाइन्सले भने नेपालगन्ज एयरपोर्ट बिहान ११ः५५ मा मात्र खुल्दा बिहानको नियमित फ्लाइट ४ घण्टा ढिलो हुन पुगेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको शतक, पाकिस्तान पराजित
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा